

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा उपर लागेका आरोपमाथि आजबाट थुनछेक बहस सुरु हुँदै छ ।
थुनछेक बहसपछि उनलाई धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने आदेश हुने छ ।उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो ।
प्रहरीले तयार पारेको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा झाविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको थियो ।अदालतमा दायर अभियोग पत्रमा समावेश झाको बयानमा उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूलाई थाहै नभएको जिकिर गरेका छन् । सरकारी वकिलको रोहबरमा प्रहरीसँग उनले इन्कारी बयान दिएका हुन् ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगेको आरोपमा सरकारी वकिलले झाबाट २८ करोड ८१ लाख ७४ हजार रकम असुल गर्नुपर्ने मागदाबी गरेको छ ।