

काठमाडौं । रेमिट्यान्स कम्पनी आइएमई र जीएमई रेमिटको मर्जरपछि एकीकृत कारोबार शुभारम्भ भएको छ । मर्जरपछि आइएमई लिमिटेडको नाममा बुधबारबाट एकीकृत कारोबार शुभारम्भ गरिएको हो । एकीकृत कारोबारको शुभारम्भ गर्दै आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमई सुरुवातको समय करिब २० प्रतिशत मात्र औैपचारिक रहेको रेमिट्यान्स अहिले करिब ८० प्रतिशत औपचारिक माध्यमबाट आउन थालेको बताएका छन् ।

उनले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले समय समयमा ल्याउने नीति नियमहरुको पूर्ण पालना गर्दै अगाडि बढ्ने गरेको जानकारी दिए । आइएमई ग्रुपमार्फत सरकार र जनताको आवश्यकता र प्राथमिकतामा रहेका विभिन्न डेढ दर्जन बढी क्षेत्रमा लगानी विस्तार गरेको उनले बताए । त्यस्तै उनले रेमिट्यान्स सेवाबाट व्यवसायिक यात्रा सुरुगरेको आइएमईले अहिले आफ्नो लगानी सेवामुलक, उत्पादनमुलक र पूर्वाधार विकासका विभिन्न क्षेत्रमा विस्तार गरिरहेको समेत जानकारी दिए ।
त्यस्तै आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले अवको दिनमा आफ्नो सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन राष्ट्र बैंक लगाएत सरोकारवाला निकायको सहयोग आवश्यक रहेको बताए । आइएमई लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन गर्ने तयारी भइरहेको जनाएको छ । मर्जरपछि कम्पनीको चुक्ता पुँजी १ अर्व १५ करोड रुपैया कायम भएको छ ।
भिडियाे