राजदुतहरुको संसदीय सुनुवाई आजबाट

राजदुतहरुको संसदीय सुनुवाई आजबाट

काठमाडौं । केपी ओली नेतृत्वको सरकारले सिफारिस गरेका १८ देशका राजदुतको आजदेखि सुनवाई सुरु हुने भएको छ । हालै सरकारले सिफारिस गरेका १८ देशका राजदूतको सुनुवाई प्रक्रिया मङ्गलबार देखि सुरु हुन लागेको हो  ।

संसदीय सुनुवाई विशेष समितिले उनीहरूको सुनुवाई प्रक्रिया थालनी गर्न लागेको सभापति (ज्येष्ठ सदस्य) पशुपति शमशेर जबराले जानकारी दिएका छन् । उनका अनुसार सो सुनवाई प्रक्रिया सङ्घीय संसद् सचिवालयमा हुनेछ । उनका अनुसार १२ः३० बाट सुरु हुनेछ ।