

धरान।धरान उपमहानगरपालिकाले बढाएको खानेपानी शुल्क तथा महसुल विरुद्ध नाराबाजी भएको छ । प्रदर्शनकारीहरु उपमहानगरपालिका कार्यालय प्रवेश गर्ने क्रममा प्रहरीसँग धकेलाधकेल समेत भएको थियो ।
प्रदर्शनमा करिब २०० जना सहभागी छन् । प्रदर्शनकारीले धरान उपमहानगरपालिका कार्यालयबाहिर नाराबाजी गरिरहेका छन् । महसुल वृद्धिविरुद्ध बिहीबार बिहान उपमहानगर अगाडि धर्ना दिएका थिए ।
आन्दोलन चर्किँदै गएपछि धरानका मेयर हर्क साम्पाङले दलहरूलाई मौखिक रूपमा वार्ताका लागि आव्हान गरेका छन् ।आज दलहरूको अगुवाइमा नगरपालिका घेराउ कार्यक्रम उग्र भएपछि साम्पाङले मौखिक रूपमा वार्ताका लागि आव्हान गरेका थिए ।