

काठमाडौं । सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा पूर्व अर्थमन्त्री डा.प्रकाशशरण महतले चालू आर्थिक वर्षको मौद्रिक नीतिप्रति असहमति जनाउँदै राष्ट्र बैंकले चाहिने भन्दा बढी खुकुलो नीति ल्याएको बताए । उनले अर्थमन्त्रीमा विष्णु पौडेलको उपस्थितिले राष्ट्र बैंकसँग ट्युनिक मिलेको छ भन्ने हल्ला बजारमा आएको भन्दै व्यङ्ग्य गरेका थिए ।
‘अत्याधिक खुकुलो मौद्रिक नीति लिंदा अर्को समस्या आउने खतरा रहन्छ । तथापि, राष्ट्र बैंकको क्षेत्राधिकार भित्रको कुरा हो । म अर्थमन्त्री हुँदा गभर्नरसापले पहिला धेरै खुकुलो मौद्रिक नीति अवलम्बन गर्नुभयो, फेरि पछि धेरै टाइट गर्नुभयो । अर्थतन्त्र सहज हुँदा सेयर मार्केट पनि १८ सयको विन्दुमा झरेको नेप्से सूचक मेरै पालामा २२ सयको अंकसम्म पुग्यो । अहिले जुन मौद्रिक नीति आएको छ । अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेलको उपस्थितिले ट्युनिक मिलेको छ भन्छन् बजारमा । मौद्रिक नीति सबै राम्रो आएकाे छ म भन्दिन् ।’