ललितपुर महानगरले हटायो बालकुमारी क्षेत्रको सुकुमबासी बस्ती

ललितपुर महानगरले हटायो बालकुमारी क्षेत्रको सुकुमबासी बस्ती

ललितपुर।ललितपुर महानगरपालिकाले बालकुमारीस्थित बागमती नदी छेउका सुकुमबासी बस्ती हटाएको छ।

आइतबार दिउँसो ३ नम्बर वडास्थित नदी छेउमा सरकारी जग्गा मिचेर बनाइएका ८/९ टहरा हटाइएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए।२१ असारमा महानगरले ७ दिनभित्र बस्ती खाली गर्न भनेको थियो ।सुकुमबासी बस्ती खाली गराउन पूर्व सूचना दिइए पनि उनीहरूले अटेर गरी बसेकाले नगरप्रहरीले बाध्य भएर बिहान खाली गराएको महानगरले जनाएको छ ।