सिजीले नेपालमा भित्र्यायो नथिङको स्मार्टफोन, स्मार्टवाच र एयर बड्स, प्रदीप खड्का ब्रान्ड एम्बेसेडर

सिजीले नेपालमा भित्र्यायो नथिङको स्मार्टफोन, स्मार्टवाच र एयर बड्स, प्रदीप खड्का ब्रान्ड एम्बेसेडर

काठमाडौं । नेपालमा नथिङ ब्रान्ड लन्च भएको छ । सोमबार ललितपुरमा एक कार्यक्रमबीच नथिङको स्मार्टफोन, स्मार्ट वाच र एयर बड्स सार्वजनिक गरिएको हो । कार्ल पेइद्वारा स्थापित नथिङ टेक्नोलोजी लिमिटेडले आफ्नो उप-ब्रान्ड सीएमएफ मार्फत विश्वव्यापी रूपमा आफ्नो उत्पादन लाइनअप विस्तार गरिरहेको छ । त्यसैक्रममा आज नेपालमा सीएमएफ फोन वान, सीएमएफ बड्स प्रो टु र वाच प्रो टु को लन्च गरिएको हो ।

नथिङको फोनको ‘डिजाइन’ले यसलाई छुट्टै पहिचान दिएको छ। सीएमएफ फोन वान कालो, सुन्तला, हल्का हरियो र निलो रंगमा उपलब्ध छ । साथै, नथिङले फोन टु एमा शक्तिशाली मिडियाटेक डाइमेन्सिटी ७२०० प्रो चिपसेट छ । नथिङले इअर र इअर (ए) (इअर बुड्स) पनि नेपाल मा ल्याएको छ । नथिङको नेपाल वितरण सिजी मोबाइल प्रालिले यो ब्रान्डको प्रोमोसनका लागि अभिनेता प्रदीप खड्कालाई ब्रान्ड एम्बेसेडरको रूपमा घोषणा गरेको छ ।