कर्जा ग्राहकलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउन नेपाल बैंकको आग्रह

कर्जा ग्राहकलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउन नेपाल बैंकको आग्रह

काठमाडौ्र । समयसंगै अघि बढ्दै, नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंकबाट कर्जा उपभोग गरि बि.सं.२०७५ साल चैत्र मसान्त अगाडि खराव वर्गमा वर्गीकरण भएका बक्यौता सावाँ रु. ५० लाख सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरेकोले सम्बन्धित कर्जा गा्रहकहरुले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्न आग्रह गरेको छ ।

२०७६ साल बैशाखदेखि हालसम्मका कर्जा ग्राहकहरुले कर्जाको बुझाउनुपर्ने सम्पूर्ण सावाँ, ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा पेनाल ब्याज र ब्याजको ब्याजमा सम्पूर्ण छुट दिई साधारण ब्याज रकममा समेत ५ प्रतिशत छुट दिने विशेष व्यवस्था गरिएकोले बैंकको शाखा कार्यालयहरुमा सम्र्पक गरी ब्याज छुट सुबिधाको लाभ लिनुहुन सूचित गरेको छ । यो व्याज छुट योजना वि.सं. २०८१ आषाढ मसान्तसम्म मात्र लागु हुने बताइएको छ । शर्त तथा बन्देजहरु लागु हुने बैंकले जनाएको छ ।