रुपन्देहीको सैनामैनामा जग्गा बाँझो राखे अर्कैलाई

रुपन्देहीको सैनामैनामा जग्गा बाँझो राखे अर्कैलाई

बुटवल, ९ साउन । रुपन्देहीको सैनामैनामा अब खेतीयोग्य जमिन बाँझो राख्न नपाइने भएको छ । प्लटिङका नाममा जग्गा खाली छाड्न पनि मिल्नेछैन । स–साना टुक्रामा समेत जे मिल्छ, त्यही खेती गर्नुपर्नेछ । नत्र रुपन्देहीको सैनामैना नगरपालिकाले जग्गावालाबाट जरिवाना असुल्नेछ । जरिवाना लिएर त्यस्तो जग्गा नगरपालिका आफैंले भाडामा लगाउने छ । समाचार अनुसार खेतीयोग्य जमिनमा भएको खण्डीकरण र प्लटिङ रोक्न यस्तो गरिएको हो । याे खबर अाजकाे कान्तिपुर दैनिकबाट लिएका हाैँ ।