

काठमाडाैं । यसपाली टि२० क्रिकेट वर्ल्ड कप २०२४ अमेरिका र वेष्ट इन्डिजमा जेठ २० गते बाट सुरु हुँदैछ । नेपाल सन २०१४ पछि दोस्रो पटक भाग लिदैछ। नेपाली क्रिकेट टिम केही समयदेखि क्रिकेटमा उच्च अन्तर्राष्ट्रिय लेभलको गेम खेल्दै आईरहेको छ । यसपाली नेपाली टिमले टि२० क्रिकेट वर्ल्ड कपमा पनि उच्च प्रदर्शन गर्ने आशा गरिएको छ।
नेपालको सबैभन्दा ठूलो र नं १ ब्राण्ड सि. जी. ले टि २० विश्वकप २०२४ लाई लक्षित गर्दै ‘खेल नेपालीको, टिभी नेपालको’ अभियान सुरु गरेको छ। यस रोमाञ्चक अभियान अन्तर्गत ग्राहकहरुले कुनै पनि सि. जी.ब्रान्डको टेलिभिजन खरिद गर्दा आकर्षक क्यासब्याक तथा ६५ र ७५ ईन्चको टि भी मा सि. जी.को २.१ स्पिकर प्राप्त गर्न सक्नेछन्।
यस योजना अन्तर्गत ग्राहकहरूले निःशुल्क डेलिभरी, निःशुल्क जडान, अन-द-स्पट 0% ईएमआई, सीजी लोयल्टी क्लब रिवार्ड र सि. जी. इलेक्स् मार्फत आफ्नो सामानको मुल्याङ्कन आफै गरि एक्सचेन्ज गर्न सक्नेछन्। सि. जी. ब्रान्डका टिभीहरू नेपालको एक मात्र आइ एस वो ९००१:२०१५ प्रमाणित टिभीहरू हुन् र यसमा ग्राहकहरूले तीन वर्षको वारेन्टीको पनि मजा लिन सक्छन्। आई सि सि टि २० विश्वकप २०२४ को नजिकिँदै जाँदा, नेपाली फुटबल फ्यानहरूले सि. जी को क्युलेड नेपालको एक मात्र पहिलो गुगल सर्टिफाइड टिभी मार्फत खेलको मज्जा लिन सक्नेछन्। यो अभियान नेपालभर सीमित समयको लागि लागु हुनेछ।