आजको मौसमः देशका विभिन्न स्थानमा वर्षा, काठमाडौंमा पानी पर्ने सम्भावना

आजको मौसमः देशका विभिन्न स्थानमा वर्षा, काठमाडौंमा पानी पर्ने सम्भावना

काठमाडौं । देशका विभिन्न स्थानमा आज बिहानैदेखि वर्षा भइरहेको छ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

काठमाडौं उपत्यकामा बिहानैदेखि बादल लागेको छ भने वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार कोशी, मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित छिटपुटदेखि हल्का वर्षा तथा कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का हिमपात भइरहेको छ ।