रामेछाप पुगेर कांग्रेस नेता शशांकले भने : सभापति हुने गरी अघि बढेको छु

रामेछाप पुगेर कांग्रेस नेता शशांकले भने : सभापति हुने गरी अघि बढेको छु

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले १५औं महाधिवेशनमा पार्टी सभापति हुने गरी अघि बढेको बताएका छन् । आइतबार रामेछाप जिल्ला पुगेका कोइरालाले पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति बनेर नयाँ ढंगले पार्टी सञ्चालन गर्ने योजना रहेको बताएका हुन् ।

कांग्रेसका संस्थापक नेता बिपी कोइरालाका पुत्र डा.शंशाकले अहिलेको समयमा पार्टी चलाउने शैलीमा परिवर्तन आवश्यक रहेको बताए । कार्यकर्तालाई सम्बोधन गर्दै कोइरलाले भने, ‘तपाईंहरूको आग्रह जायज छ, सोही अनुसार म नेतृत्वका लागि अघि बढ्छु । सभापति बनेर अहिलेभन्दा भिन्न ढंगले पार्टी चलाउने मेरो योजना छ ।’