सुन तस्करी प्रकरणमा पूर्व उपराष्ट्रपतिका छोरा दिपेश पुन पक्राउ

सुन तस्करी प्रकरणमा पूर्व उपराष्ट्रपतिका छोरा दिपेश पुन पक्राउ

काठमाडौँ । सुन तस्करी प्रकरणमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको विशेष टोलीले उनलाई पक्राउ गरेको प्रहरी उच्च स्रोतले जनाएको छ । उनलाई शुक्रबार राजधानीको टोखाबाट पक्राउ गरेको हो ।

सीआईबी प्रमुखमा श्यामलाल ज्ञवाली
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)को प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) श्यामलाल ज्ञवालीलाई पठाइएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि सीआईबीकी निर्देशक रहेकी एआईजी किरण बज्राचार्यलाई प्रहरी प्रधान कार्यालयको कार्य विभागमा बोलाउँदै सीआईबीमा ज्ञवालीलाई पठाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । सुन तस्करी सम्बन्धी जाँचका लागि गठित उच्चस्तरीय आयोगले बज्राचार्यको अनुसन्धानमा गम्भीर त्रुटि औँल्याएसँगै उनलाई जिम्मेवारीबाट हटाउने तयारी भएको थियो ।