काठमाडौं ।श्री राधा माधव समिति (रामास ) नेपाल श्यामा श्याम धाम ठिमीद्वारा महाशिवरात्री पर्व २०८० विविध सेवा र साधनाका कार्यक्रम आयोजना गरि त्रिदिवशीय रुपमा मनाइयो ।
यसैबीच शिवरात्रीकै दिन आजभन्दा ९ वर्षअघि कृपालु महाप्रभुका एकमात्र नेपाली प्रचारक स्वामी श्री हरिदासजीद्वारा संस्थापित श्री राधा माधव समिति सम्वध्द विद्वत समाज नेपालको १० औ वार्षिकोत्सवको अवसरमा समाजद्वारा २४ गते ललितपुर नक्खुमा संचालित तुलसादेवी हरिहर फाउण्डेसनलाई करिव ५००००। बराबरको खाद्यान्न सहित अन्य आवश्यक सामान हस्तान्तर गरियो । ललितपुर नगरपालिका वडा नं ९ का सदस्य सपना ठकुरीको प्रमुख आतिथ्य विद्वत समाज नेपालका संयोजक ई. महेन्द्र गुरुङ्गको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा श्री राधा माधव समिति नेपालका का.वा. अध्यक्ष ई. सुरेशप्रकाश आचार्य ,सचिव डा.युवराज पोख्रेल लगायतका वक्ताले रामास नेपालबाट संचालित सेवाका विविध पक्षबारे प्रकाश पार्नुुभएको थियो भने तुलसादेवी हरिहर फाउण्डेसनका अध्यक्ष सरु सुवेदीले श्री रामास नेपाललाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
स्मरण रहोस, तुलसादेवी फाउण्डेसनले कोभिड यता पटकपटक गरेर अभिभावकहीन वालवालिका र अलपत्र परेका वयस्क समेत ८२ जनालाई आश्रय दिएको वताईएको छ । विद्वत समाज नेपालका सदस्य उमादिदीको संचालनमा सम्पन्न उक्त कार्यक्रममा डिभाईन युथ क्लवका सदस्यहरु ,श्री रामास नेपालका सत्संगी तथा साधकहरुको उपस्थिति थियो । यसै गरि महाशिवरात्रीका दिन श्यामा श्याम धाम ठिमीमा साधना सहित विशेषः कार्यक्रम आयोजना गरियो । मध्यपुर ठिमी नगरपालिका वडा नम्बर २५ का अध्यक्ष सानुकाजी राजवाहकको प्रमुख आतिथ्य विद्वत समाज नेपालका संयोजक महेन्द्र गुरुंगको सभापतित्वमा संचालित उक्त कार्यक्रममा श्री राधा माधव समिति नेपालका का.वा. अध्यक्ष सुरेश प्रकाश आचार्य ,समाजका सचिव डा.युवराज पोख्रेल सदस्यहरु उमादिदी डा. शम्भुप्रसाद खनाल लगायतका वक्ताले मन्तव्य दिनुभएको थियो । केक कटाई , सांस्कृतिक कार्यक्रम ,प्रसाद लुटान रुद्राभिषेक र रात्रीमा शिवधुनी गरिएको उक्त कार्यक्रममा डिभाईन युथक्लव नेपाल र रामास नेपालका सत्संगी तथा साधकको उपस्थिति थियो ।
यसैगरि २६ गते विद्वत समाज नेपालको आयोजनामा कृपालु उद्यान वनकालीमा युवा उत्प्रेरणामा शिवतत्व विषयमा अन्तरक्रियात्मक परिसम्वाद आयोजना गरियो ।