प्रसूति गृहबाट २६ दिने शिशु चोरी

प्रसूति गृहबाट २६ दिने शिशु चोरी

काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आएकी महिलाको बच्चा चोरी भएको खुलेको छ ।

अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले ओपीडीमा स्वास्थ्य परीक्षणका लागि आएकी महिलाको हातबाट शिशु चोरी भएको जानकारी दिए । उनका अनुसार ती महिला २६ दिने शिशु लिएर आएकी थिइन् ।

“२६ दिने शिशु लिएर ओपीडीमा परीक्षणका आएकी आमाको हातबाट शिशु चोरी भएको हो । आमाले एकछिन समाइदिन भनेर रिपोर्ट लिन गएको देखिन्छ । त्यही बेला समातिदिने महिलाले बच्चा लिएर गएको सीसीटीभी फुटेजमा देखिएको छ,” अधिकारीले भने ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले आफूहरूले घटनाको अनुसन्धान थालेको बताएका छन् ।