६१ किलो सुन तस्करी प्रकरणमा मुछिएकी अमलाविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस

६१ किलो सुन तस्करी प्रकरणमा मुछिएकी अमलाविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस

काठमाडौं।झन्डै ६१ किलो सुन तस्करीमा संलग्न अमला रोकाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन ‘इन्टरपोल’ले डिफ्युजन नोटिस जारी गरेको छ ।

उनीविरुद्ध इन्टरपोलले फेब्रुअरी ५ मा डिफ्युजन जारी गरेको हो ।हङकङबाट काठमाडौं ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन तस्करीमा रोका संलग्न देखिएको सीआईबीको अनुसन्धान निष्कर्ष छ ।

रोल्पा घर भएकी अमला तिब्बतीयन मूलका बेल्जियन नागरिक दावा छिरिङकी पत्नी हुन् ।पतिकै कारण उनी सुन तस्करीमा जोडिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । दावा अहिले सुन प्रकरणमा थुनामा छन् ।अमला विरुद्ध डिफ्युजन नोटिस जारी भएको सीआईबीले जनाएको छ ।

यसअघि साउन २ गते राजस्व अनुसन्धान विभागले त्रिवि विमानस्थल भन्सार राजश्व जाँच पास गरेर बाहिरिएको झन्डै ६१ किलो सुन बरामद गरेको थियो ।