रवि लामिछाने र दिपेश पुनविरुद्ध सूर्यदर्शन सहकारी पीडितकाे कास्की प्रहरीमा जाहेरी

रवि लामिछाने र दिपेश पुनविरुद्ध सूर्यदर्शन सहकारी पीडितकाे कास्की प्रहरीमा जाहेरी

काठमाडौं ।पोखराको सूर्यदर्शन सहकारीका वचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेकपा माओवादी केन्द्रका विद्यार्थी नेता दीपेश पुनसहित व्यक्ति र संस्था गरी १८ जनाविरुद्ध सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका छन् ।

उनीहरूको जाहेरी प्रहरीले बुझेको छ, तर दर्ता भने गरेको छैन् ।संस्थाहरूमा नेचर हब प्रा.लि, गोर्खा मिडिया प्रा.लि, नेचर नेष्ट, वारिसान इन्फोमेसन टेक्नोलोजी, स्प्रिङ उड रियलस्टेट, सोनी क्यापिटल, ग्रिजी स्पान, गोर्खा ग्रुप इन्भेस्टमेन्ट र गोर्खा आयुर्वेद प्रा.लि विरुद्ध पनि आरोप छ ।

यसबाहेक उनीहरू निकटका सहकारीविरुद्ध पनि जाहेरीमा नाम रहेको छ । छानबिन समितिको प्रतिवेदन अनुसार मनपरी रुपमा पैसा गएको देखिन्छ । पैसा लिएको तर फिर्ता नगरेका कारण जाहेरी दिएको पीडितहरूले जानकारी दिएका छन् ।

पीडितहरुबाट निवेदन प्राप्त भएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहनकुमार थापाले जानकारी दिएका छन् । उनले भने, ‘निवेदन आएको छ । सुरु दर्ताकै आधारमा अनुसन्धान थाल्छौँ, ‘अब अनुसन्धान थाल्न सजिलो भो । यसबारेमा जिल्ला प्रशासनसँग पनि नियमित छलफल भइरहेको छ ।