पशुपति क्षेत्र विकास कोषमा लक्ष्मी पुनलाई काम गर्न अदालतबाट रोक

पशुपति क्षेत्र विकास कोषमा लक्ष्मी पुनलाई काम गर्न अदालतबाट रोक

काठमाडौं । गत पुसमा नियुक्त भएकी पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनलाई कामकाज नगर्न र नगराउन उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरु ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले उनको नियुक्ती तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्ले गत पुस ४ गते पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो तर उनको नियुक्तिविरुद्ध भरत मरासिनीले पुस २६ मा उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेका थिए । रिट निवेदनमा योग्यता र मापदण्ड नपुगेको व्यक्तिलाई नियुक्त गरिएको भन्दै उनको नियुक्ति बदर गर्न माग गरिएको छ ।