

दमक।श्री राधा माधव सेवा समिति नेपालको दमक सत्संग केन्द्रद्वारा आयोजित त्रिदिवसीय साधना शिविर हालै सम्पन्न भयो ।

आराध्य गुरुवर पन्चम् जगद्गुरु श्री कृपालुजी महाराजद्वारा प्रतिपादित् भक्ति साधनाको अभ्यास गरिएको उक्त कार्यक्रमको समुद्घाटन कोशी प्रदेश सभाका सदस्य होम बहादुर थापाले गर्नुभएको थियो । उक्त समारोहमा दमक नगरपालिकाको मेयर राम कुमार थापा उपप्रमुख रेगिना प्रसाई,वडा नं ७ का अध्यक्ष भिम पौडेल लगायतका स्थानीय जनप्रतिनिधिहरु ,दमकका डि.एस.पि .मनोज कुमार लामा लगायत स्थानीय भद्र महिला तथा सज्जन र सहभागी साधकहरुको सहभागिता थियो ।
साधना कार्यक्रमको शुभारम्भका दिन भक्तियोगरसावतार कृपालु महाप्रभु र श्री राधाकृष्णको तसवीर बोकेर संकीर्तन सहित नगर परिक्रमा गरिएको थियो ।
