

सर्लाही ।सर्लाहीको बरहथवा दिउँसोदेखि तनावग्रस्त बनेको छ । प्राथमिक अस्पतालको स्तरोन्नतिको विषयमा भएको विवादले उग्र रुप लिएपछि प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो ।
दोहोरो झडपमा एक प्रदर्शनकारीको मृत्यु भएको छ । प्रदर्शनकारीहरुले नगरपालिका कार्यालय तथा नगर प्रमुख कल्पनाकुमारी कटुवालको घरमा ढुंगामुढा गरेपछि प्रहरीले हस्तक्षेप गरेको हो । त्यसक्रममा एक युवाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बरहथवा नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय जयशंकर साह रहेको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए।प्रशासनले साँझदेखि उक्त क्षेत्रमा कर्फ्यू लगाएको छ । बरहथाको वडा नम्बर ६ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नति गरी ५० बेडको बनाउन प्रदेश सरकारलाई हस्तान्तरण गर्ने कार्यपालिकाको निर्णय कार्यान्वयनको माग गर्दै प्रदर्शन भएको हो ।
प्रदर्शनकारीहरुले मेयरको गाडीमा आगजनी गर्नुका साथै अन्य सरकारी सवारीसाधनमा आगो लगाएका छन् ।