सात प्रदेशका ३५ विद्यार्थीलाई ग्लोबल आइएमई बैंकको छात्रवृत्ति, १२ कक्षासम्म वार्षिक १२ हजार

सात प्रदेशका ३५ विद्यार्थीलाई ग्लोबल आइएमई बैंकको छात्रवृत्ति, १२ कक्षासम्म वार्षिक १२ हजार

काठमाडौं । ग्लोबल आइएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ। बैंकले ‘ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रम’ अन्तर्गत विभिन्न सामुदायिक विद्यालयबाट कक्षा ६ उत्तीर्ण गरी कक्षा ७ मा अध्ययनरत विपन्न वर्गका ३५ जना जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको छ। ती छात्रालाई कक्षा १२ सम्म अध्ययनका लागि सहयोग गर्ने बैंकले जनाएको छ।

बैंकले प्रत्येक प्रदेशबाट ५ जनाका दरले ३५ छात्रा छनोट गरेको हो। उनीहरुलाई वर्षको १२ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिने बैंकले जनाएको छ। यो कार्यक्रम अन्तर्गत बैंकले अहिलेसम्म १०५ विद्यार्थीलाई छात्रवृत्ति दिएको छ। आर्थिक समस्याका कारण बीचमै विद्यालय छाड्न बाध्य छात्राहरुलाई विद्यालय शिक्षा पूरा गर्न यस कार्यक्रमबाट सहयोग पुग्ने बैंकको विश्‍वास छ।