बालकुमारी झडप : गम्भीर घाइते अर्का युवकको पनि मृत्यु

बालकुमारी झडप : गम्भीर घाइते अर्का युवकको पनि मृत्यु

काठमाडौं ।  काठमाडौं ललितपुर जिल्लाको बालकुमारीमा भएको झडपमा अर्का युवकको पनि मृत्यु भएको छ । पाटन अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुनेमा वीरेन्द्र शाह छन् । झडपमा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

यसअघि किस्ट अस्पतालमा उपचाररत २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली ईपीएस परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा झडप भएको हो ।