भैंसेपाटीस्थित मन्त्री क्वार्टरको टहरामा आगलागी

भैंसेपाटीस्थित मन्त्री क्वार्टरको टहरामा आगलागी

काठमाडौं । ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वार्टरको टहरामा आगलागी भएको छ । मन्त्री क्वार्टर छेउमा रहेको टहरामा आगो लागेको प्रहरीले जनाएको छ ।

आज बिहान एघार बजेतिर खाना पकाउने क्रममा आगो लागेको थियो ।करेन्ट सर्ट भएर आगलागी भएको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए । आगलागी भएपछि महानगर प्रहरीको वारुणयन्त्र सहित, प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ ।

आगलागीबाट मजदुरहरुले प्रयोग गर्दै आएका सामान र रंगहरु जलेको शाहले बताए ।