नर्सिङ लाइसेन्स परीक्षामा ८० प्रतिशत नर्स फेल

नर्सिङ लाइसेन्स परीक्षामा ८० प्रतिशत नर्स फेल

काठमाडौं।नेपाल नर्सिङ परिषद्ले शनिबार लिएको ३४ औं नर्सको नाम दर्ता लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।परिषद्ले स्टाफ नर्स (पी.सी.एल नर्सिङ) तर्फको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरेको छ, जसमा ८० प्रतिशतभन्दा बढी नर्स फेल भएका छन् ।

यस्तै, शनिबार नै लिएको बी.एस्सी नर्सिङ तर्फको लाइसेन्स परीक्षामा पनि आधाभन्दा बढी फेल भएका छन् ।पी.सी.एल नर्सिङतर्फ कुल १ हजार २सय ७० जना सहभागी भएका मध्ये २ सय ४६ जना अर्थात १९.३४ प्रतिशत मात्रै पास भएका छन् ।अर्थात् परीक्षामा ८० प्रतिशतभन्दा बढी नर्स फेल भएका छन् ।

बी.एस्सी नर्सिङमा कुल सहभागी ४ सय १४ जनामध्ये २ सय ३ जना अर्थात् ४९.३० प्रतिशत उत्तिर्ण भएका छन् ।

परीक्षा समितिकी प्रवक्ता शकुन्तला प्रजापतिका अनुसार, शनिबार विहान ९ देखि ११ ३० सम्म सञ्चालन भएको ३४औँ नाम दर्ता परीक्षाको सेन्टर नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थान, सानो भर्याङ र बागमती कलेज, सुकेधारामा राखिएको थियो ।