तीन महिनामै ११ बीमा कम्पनीको नाफा करिब साढे १ अर्ब, कुन कम्पनीले कति कमाए ?

तीन महिनामै ११ बीमा कम्पनीको नाफा करिब साढे १ अर्ब, कुन कम्पनीले कति कमाए ?

काठमाडौं । तीन महिनामा ११ जीवन बीमा कम्पनीले झन्डै साढे १ अर्ब रुपैयाँ बराबरको नाफा आर्जन गरेका छन् । आर्थिक वर्षको तीन महिनाको तथ्याङ्क अनुसार सबै जीवन बीमा कम्पनीहरूको नाफा वृद्धि भएको छ ।

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ११ जीवन बीमा कम्पनीले १ अर्ब ४८ करोड नाफा आर्जन गरेका हुन् । एघार जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा १ अर्ब ४८ करोड ५० लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।

उक्त नाफा अघिल्लो वर्षको भन्दा ३०.५४ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७९र८० को पहिलो त्रैमासमा कम्पनीहरूले १ अर्ब १३ करोड ७५ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । समीक्षा अवधिमा बीमा कम्पनीहरूको बीमा शुल्क, कर्जा लगानी र सो बापतको ब्याज आम्दानी, लगायत विविध शुल्कहरू वृद्धि भएसँगै यता मुनाफा बढ्न गएको हो ।

११ जीवन बीमा कम्पनीहरुमा नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन, हिमालयन लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, सिटिजन्स् लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स रहेका छन् ।

कुन कम्पनीको नाफा कति ?

समीक्षा अवधिमा सबैभन्दा बढी नाफा कमाउने जीवन बीमा कम्पनीको शीर्ष स्थानमा हिमालयन लाइफ इन्स्योरेन्स रहेको छ ।

हिमालयन लाइफ इन्स्योरेन्स

कम्पनीले आर्थिक वर्षको असोज मसान्तसम्म ३५.३८ प्रतिशतले नाफा वृद्धि गर्दै २४ करोड १३ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले १७ करोड ८३ लाख १६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीले यस अवधिमा बीमा शुल्क आर्जन ११ प्रतिशतले वृद्धि गर्दै ४ अर्ब २२ करोड ७२ लाख ६२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा हिमालयन लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन ३ अर्ब ८० करोड ६० लाख ७४ हजार रुपैयाँ रहेको थियो ।

एसियन लाइफ इन्स्योरेन्स

एसियन लाइफ इन्स्योरेन्सले १६ करोड ६१ लाख ६६ हजार रुपैयाँ नाफा कमाउँदै दोस्रो स्थानमा एसियन लाइफ इन्स्योरेन्स रहन सफल भएको छ ।

कम्पनीले गत आर्थिक वर्षको तुलनामा यस वर्षको असोज मसान्तसम्मको आर्थिक कारोबारबाट १४.९६ प्रतिशत नाफा आर्जन गर्न सफल भएको हो । आर्थिक वर्ष २०७९ /८० को असोज मसान्तसम्ममा कम्पनीले १४ करोड ४५ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

सन नेपाल लाइफ इन्स्योरेन्स

कम्पनीले आर्थिक वर्षको असोज मसान्तसम्ममा १६ करोड ५३ लाख २७ हजार रुपैयाँ नाफा आर्जन गर्दै सन नेपाल लाइफ इन्स्योरेन्स तेस्रो स्थानमा रहेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स

चौथो स्थानमा रहको नेपाल लाइफ इन्स्योरेन्सले समीक्षा अवधिमा १५ करोड ७९ लाख ३० हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।

सूर्यज्योति लाइफ इन्स्योरेन्स

तीन महिनामा १३ करोड २१ लाख ३ हजार रुपैयाँ नाफा कमाउने सूर्यज्योति लाइफ इन्स्योरेन्स पाँचौँ स्थानमा रहेको छ ।