विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेश

विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेश

काठमाडौँ । सरकारले विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेश गरेको छ ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले सो विधेयक प्रतिनिधि सभामा पेश गरेका हुन् ।मन्त्रिपरिषद्ले पारित गरी उक्त विधेयक यसअघि संघीय संसदमा दर्तामात्र भएको थियो ।