किसानले बगाए सडकमा दूधको खोला

किसानले बगाए सडकमा दूधको खोला

झापा, ३ असार । दूध बिक्न छाडेपछि झापा शरणामतीका सयौँ किसानले दूध सडकमा पोखेर विरोध जनाएका छन् । शनिबार नेपाल बहुद्देश्यीय सहकारी संस्थाको दूध संकलन तथा चिस्यान केन्द्रको अगाडि सडकमा सयौँ लिटर दूध पोखेर किसानले विरोध जनाएका हुन् । याे खबर नयाँ पत्रिका दैनिकबाट लिएका हाैँ ।

लाखौँ रुपैयाँ ऋण लिएर पशुपालन गरी दूध उत्पादन गर्न थालेका किसान दूध बिक्न छाडेपछि निराश बनेका छन् ।