शिक्षा विधेयकमा आपत्ति जनाउँदै देशभरका विद्यालय बन्द गर्ने शिक्षक महासंघको घोषणा

शिक्षा विधेयकमा आपत्ति जनाउँदै देशभरका विद्यालय बन्द गर्ने शिक्षक महासंघको घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले सदनमा दर्ता भएको शिक्षासम्बन्धी विधेयकप्रति आपत्ति जनाउदै आन्दोलनको घोषणा गरेको छ ।

महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संसदमा दर्ता भएको ‘विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ शिक्षकहरूको हकहितविपरीत भएको भन्दै सडक आन्दोलनको घोषणा गरेको हो ।

महासंघले आगामी असोज ३ गतेबाट देशभरीका विद्यालय बन्द गरी काठमाडौं केन्द्रीत आन्दोलन गर्ने जनाएको छ ।