बा उठ्नुस्…..

बा उठ्नुस्…..

बा, घरको आँटीमा तपाई सुत्दैगर्दा ‘
म ढुक्कले बन जान्थेँ,
बनफूल टिपी तपाईको टोपीमा सिउरिने रहर,
अनि,

जीवन सिञ्चित गर्ने सपनाहरु
खेतबारीका कान्ला गह्रामा लहलह झुल्दै गर्दा,
शिरशिर बहेका मन्द पवनको सुस्केरासँगै
तपाईको त्यो फूलको बगैचामा
म टुप्लुक्क आइपुग्थे, र भन्थे, ‘बा.. मैले ढोग्दिन्छु’ ।
आशिर्वाद‘…

त्यही तपाईको आशिर्वादको पोको बोकि,
गाउँगाउँका कुना कुना, शहर शहरका गल्ली गल्ली,
तिनै सपनाहरुलाई पछ्याउँदै,
मृगतृष्णारुपी सपनाहरु कहिले भेटिन्छन्, त कहिले विलय हुन्छन्,
भन्दैगर्दा,
ढाडस र विश्वासको खडेरी कैले परेन ।

तर, खुशीका केही थुँगाहरु
टिपेर तपाईको हातमा बनफूल जस्तै,
राख्न सकेको थिएन र सक्ने छैन ।
केवल सक्छु त तपाईले दिएको छहारीको शितलता फैलाउन
ठ्याक्कै त्यहिबेला,
एउटा प्रतिक्षा…
जुरुक्क उठेर भन्नुहुन्छ कि,
तँ कहिले जान्छस, घर रुू

चन्द्र सतुङ्गे मगर, गुल्मी, हाल काठमाडौँ