तेस्रो युवा उद्यमशिलता सम्मेलनको टाइटल स्पोन्सरमा राष्ट्रिय बाणिज्य बैंक, भदौ ३० गते प्रधानमन्त्रीले समुद्घाटन गर्ने

तेस्रो युवा उद्यमशिलता सम्मेलनको टाइटल स्पोन्सरमा राष्ट्रिय बाणिज्य बैंक, भदौ ३० गते प्रधानमन्त्रीले समुद्घाटन गर्ने

काठमाडौं।नेपाल सरकार, राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई ) ले संयुक्तरुपमा आयोजना गर्ने नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको तेस्रो संस्करणमा राष्ट्रिय बाणिज्य बैंकले मुख्य प्रायोजकका रुपमा (Tittle Sponsor ) साझेदारी गर्ने भएको छ । सन् २०१९ बाट सुरु भएको यो सम्मेलनको पहिलो र दोस्रो सिखर सम्मेलनमा पनि राष्ट्रिय बाणिज्य बैंकले मुख्य प्रायोजकका रुपमा साझेदारी गरेको थियो ।

तेस्रो सिखर सम्मेलनको यहि भदौ ३० गते सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालले समुद्घाटन गर्नुहुने छ । सम्मेलनमा संघीय सरकारका अर्थमन्त्री, उद्योगमन्त्री, सञ्चारमन्त्री, युवा तथा खेलकुदमन्त्री, योजना आयोगका उपाध्यक्ष, बरिष्ठ उद्यम डा. उपेन्द्र महत्तो, चन्द्र ढकाल, भवानी राणालगायत २० भन्दा बढि बक्क्ताका रुपमा रहेका छन् ।सम्मेलनमा सहकार्यबारे राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतज्युको समउपस्थितिमा सम्मेलन मुल आयोजक कमिटिका संयोजक बिशाल गैरे र राष्ट्रिय बाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले समझदारी पत्रमा बुधवार हस्ताक्षर गर्नु भएको छ ।

उद्यमी बन्न युवाहरुलाई प्रोत्साहित गर्ने, स्टार्टअप उद्यमहरुलाई सहजिकरण गर्ने, सरकारको निति, कार्यक्रम र बजेट युवाद्यमीमैत्री बनाउने तथा नेपालको युवा उद्यमशीलतामार्फत समृद्धी हासिल गर्नका लागि युवा उद्यमशीलताको भिजन डकुमेन्ट २०३० ९ थ्यगतज भ्लतचभउचभलभगचकजष्उ ख्ष्कष्यल द्दण्घण् ० का निमार्ण एवं कार्यान्वयनका लागि यो शिखर सम्मेलन उपलब्धीमुलक हुने आयोजक संस्था राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताउनुभयो ।

समझदारी कार्यक्रममा बोल्दैं राष्ट्रिय बाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले पछिल्लो बित्तिय चुनौतीको सामनाका लागि युवाहरुलाई आर्थिक क्रियाकलापमा सहभागी गराउदैं स्वदेशमै स्वरोजगारको वातावरण निमार्ण गर्नुपर्ने बताउनु भयो । उहाँका अनुसार बाणिज्य बैंकले युवा, महिला, कृषिलगायतका उत्पादनशील क्षेत्रमा लगानी बढाएको र प्राथमिकताका साथ लोन प्रवाह गरेको जानकारी दिनु भयो ।त्यसैगरी नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई)का अध्यक्ष समेत रहेका सम्मेलनका संयोजक बिशाल गैरेले ७० जिल्लामा ५०० युवा उद्यमीहरु श्खिर सम्मेलनमा सहभागी हुने जानकारी दिनु भयो ।

प्रधानमन्त्रीले समुद्घाटन गर्ने यो बर्षको सम्मेलनमा “युवा नवप्रवर्तन ः लगानी र समृद्धी” भन्ने मुल नारा तय गरिएको छ । यो सम्मेलनल कोभिड १९ र पछिल्लो बित्तिय चुनौतिको समाधान पहिल्याउन तथा युवा उद्यमशिलता प्रवद्र्धनका लागि लगानीका प्राथमिकता प्राप्त क्षेत्रको पहिचान गरी स्टार्टअप उद्यममा युवाहरुको आकर्षण बनाउनका लागि, युवा उमेर समुहका उद्यमी बन्न चाहने युवाहरु, उद्यम गरिरहेका युवाहरु र स्टार्टअपमा लगानी गरिरहेका लगानीकर्ताबिचको उच्चस्तरीय नेटवकिङ् र लगानी सम्झौताका लागि र युवाहरुमा बित्तिय पँहुच, सरकारी निति, करनिति, स्टार्टअप प्रोगाम, स्टोरी सियरिङ, समुहगत छलफल, र स्टाटअर्प बिजनेसबारे युवा उद्यमीहरुको क्षमता अभिबृद्धि र उद्यमको बृद्धि बिकासमा यो सिखर सम्मेलन महत्वपुर्ण हुने आयोजकको बिश्वास रहेको छ ।