आठ वर्षपछि खुल्यो तातोपानी नाकाबाट आवतजावत

आठ वर्षपछि खुल्यो तातोपानी नाकाबाट आवतजावत

सिन्धुपाल्चोक, १५ भदौ । आठ वर्षपछि नेपाल–चीन सीमानाका तातोपानीबाट आवतजावत सुरु भएको छ । १२ वैशाख २०७२ मा गएको शक्तिशाली भूकम्पछि पूर्ण रुपमा बन्द रहेको तातोपानी नाकाबाट शुक्रबारदेखि आवतजावत सुरु भएको हो ।

लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको पास लिएका सांसद माधव सापकोटासहितको टोलीलाई चिनियाँहरुले स्वागत गरेर आवतजावतको सुरु गरिएको हो। चीनबाट सीमित सामान आयातका लागि खुला रहेको नाकाबाट गत १८ वैशाखबाट दोहोरो आयात निर्यात खुलाइएको थियो ।