

काठमाडौं । बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउन र्याफ्टिङ गरेर नदी महोत्सव गरिएको छ ।
नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीज् (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब कुपण्डोलको आयोजनामा आज ‘नदी महोत्सव तथा महाजलयात्रा’ गरिएको हो । महोत्सव बाजागाजासहित सुरु गरिएको थियो ।
ललितपुरको कुपण्डोलस्थित वाग्मती पुलबाट बिहान ७ः०० बजेदेखि महाजलयात्रामा १५ वटा डुङ्गामार्फत जलयात्रा गरिएको थियो । काठमाडौँ सहरका साथै वाग्मती नदीको वातावरण दूषित भएको भन्दै महोत्सव आयोजना गर्न गरिएको हाे ।