धरानमा २४ घण्टे निषेधाज्ञा जारी

धरानमा २४ घण्टे निषेधाज्ञा जारी

सुनसरी । सुनसरीको धरानमा ‘निषेधादेश’ जारी गरिएको छ । डेंगी संक्रमण रोकथामका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधादेश जारी गरेको हो ।

प्रशासनले आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामुहिकरूपमा गरिने सामाजिक, धार्मिक, राजनीतिक सभाहरू नगर्न भनेको छ ।