निजी विद्यालय सञ्चालकहरूको आन्दोलन स्थगित

निजी विद्यालय सञ्चालकहरूको आन्दोलन स्थगित

काठमाडौं, २६ साउन । निजी विद्यालय सञ्चालकहरुले आफ्नो आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।संसदमा पेस गर्न लागिएको शिक्षा विधेयकको विषयलाई लिएर आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका विद्यालय सञ्चालकहरुले सरकारसँग वार्ता भइरहेकाले तत्कालका लागि आन्दोलन स्थगित गरेका हुन् ।

विद्यालय अनिश्चितकालीन बन्द गर्नेससम्मको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका निजी विद्यालयका छाता संगठन प्याब्सन, हिसान र नेसनल प्याब्सनले आन्दोलन स्थगित गरेका हुन् ।