पहिराेले मुग्लिन नारायणगढ सडकखण्ड अवरुद्ध

पहिराेले मुग्लिन नारायणगढ सडकखण्ड अवरुद्ध

काठमाडौँ । पहिरो खस्दा मुग्लिन-नारायणगढ सडकखण्ड अवरूद्ध भएको छ।

शनिबार अपराह्न सवा ४ बजे इच्छाकामना गाउँपालिका-६ कालिखोलामा पहिरो खसेको हो। पहिरो खसेसँगै राजमार्ग दुबै तर्फ अवरूद्ध भएको मुग्लिनका ट्राफिक इन्चार्ज सई चुडामणि पोखरेलले जानकारी दिए।पहिरोले मानवीय क्षति नगरेपनि चौपायलाई पुरेको आशंका छ।

अवरूद्ध भएको सडक खुलाउन ८-९ घण्टा लाग्ने उनले बताए।