

-मुकुन्द अर्याल
नगरकोट असार १५।हरेक मानिस स्वभावैले शान्ति खुशी आनन्द चाहन्छ , मानिसभित्रै रहेको भगवान प्रदत्त दिव्य खजाना खोज्न बाहिर यत्रतत्र भौतारिईरहेको हुन्छ । तथापी विभिन्न कारणले मानिसले यसको अनुभूति गर्न सकिरहेको हुंदैन । मानिसमा आफैभित्र रहेको यस तत्वलाई उजागर गर्न आटै अफ लिभिंगका संस्थापक गुरुदेव श्री श्री रविशंकरले सुदर्शन क्रियाजस्तो दिव्य ध्यान विधि मानव जातिलाई उपहार दिनुभएको छ । उक्त कुरा आर्ट अफ लिभिंगद्वारा गुरु पूर्णिमा २०८० को अवसरमा हालै नगरकोटमा आयोजित एडभान्स हेप्पिनेस कोर्ष विषयक ४ दिवशीय प्रशिक्षण कार्यक्रमको समापन समारोहमा प्रमुख प्रशिक्षक सन्तोष केडियाले वताउनु भएको हो ।
सो कार्यक्रमका एक सहभागी संविधान सभाका पूर्व सदस्य खिमलाल देवकोटाले श्वास मानिसले जन्मैदेखि फेर्ने भएतापनि राम्रो तरिकाले श्वास फेर्न आर्ट अफ लिभिंगबाट सिकेको वताउदै श्री श्री रविशंकरद्वारा मानव जातिलाई दिएको उपहार सुदर्शन क्रिया भौतिक मापदण्डमा समेत खरो र वैज्ञानिक रहेको वताउनुभयो । आर्ट अफ लिभिंगका स्वयम् ‘ सेवक स्कन्द अर्याल , सुवर्णजी र अतिथि वाल गायक रोशिल बाबुले परमेश्वर ,प्रकृति र गुरुको सम्मानमा विशेषः सांगितिक प्रस्तुती दिनुभएको थियो । आर्ट अफ लिभिंग शंखमूल काठमाडौका प्रशिक्षक क्यारोनको संयोजनमा नगरकोटमा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा ३२ जना सहभागीको सहभागिता थियो ।