

काठमाडौं ।रावावैंक पूर्व कर्मचारी संघको १४औं साधारण सभा भव्यरूपमा सम्पन्न भएको छ । राष्ट्रिय वाणिज्य वैंकको तालिम तथा सिकाई विभागको सभाहलमा संघका संस्थापक अध्यक्ष देविचन्द्र श्रेष्ठको सभापतित्वमा प्रारम्भ भएको उदघाटन समारोहमा रावावैंकका नायव प्रमुख कार्यकारीअधिकृत देवेन्द्ररमण खनाल प्रमुख अतिथी , पूर्व प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद शर्मा विशिष्ट अतिथी र अतिथिहरूमा भेषराज पन्थी, कमल खरेल , हिरन्य कुमारी पाठक, सुशील कुमार श्रेष्ठ , उद्द्व खनाल , गोबिन्द प्रसाद रेग्मी र विनोद नेपाल रहनु भएको कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष दिनेश विक्रम थापाले स्वागत मन्तव्य राख्दै संघका कृयाकलापहरू, संघका भावी कार्यदिशा , संघले व्यवस्थापन सित राखेका अपेक्षाहरू लगायत थुप्रै विषय र सन्दर्भहरू स्पस्टसंग उठाउनु भएको थियो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि देवेन्द्ररमण खनालले वैंकले पूर्व कर्मचारीको आत्मसम्मानमा चोट पुर्याउने काम कहिल्यै नगर्ने , वहाँहरूको मागहरूलाई क्रमश सम्बोधन गर्ने कुरामा वैंकको प्रतिवद्धता प्रकट गर्नु भयो । खास गरि राष्ट्रिय वाणिज्य वैक पूर्व कर्मचारी संघले शुरू गरेको असक्त्त सहायता कोषमा प्रस्तावका आधारमा रकम थप गर्न वैकलाई कुनै समस्या नरहेको वताउदै वैक र पूर्व कर्मचारी वीचको सम्बन्ध सधै सुमधुर रहनु पर्छ भन्ने कुरामा जोड दिनु भयो ।

कार्यक्रममा विशिष्ट अतिथि कृष्ण प्रसाद शर्माले संघले वैंकको ईतिहास लेख्ने काम, वैकको म्यूजियम वनाउने काममा वैंकसित सहकार्य गर्नु पर्छ भन्ने कुरा उल्लेख गर्दै स्वास्थ्य वीमा , सहुलियतपूर्ण औषधि उपचारको चर्चा गर्दै वैकलाई अशक्त कोषमा संघले प्रस्ताव गरेको ३ करोड नियमसंगत रूपमा थप गर्न कुनै समस्या नहुन सक्ने कुरा वताउनु भयो ।कमल खरेल , हिरन्य कुमारी पाठक र उद्धव खनालले पनि संघका गतिविधि हरूको प्रशंसा गर्दै अझै सशक्त ढंगले अघि वढ्न महत्वपूर्ण सुझावहरू दिनु भएको थियो । सभापती देवीचन्द्र श्रेष्ठले संघ स्थापनाका शुरूका दिनहरूको स्मरण गर्दै अब संघको निरन्तर यात्राका लागि शुभकामना दिनु भयो ।

संघका अध्यक्ष दिनेश विक्रम थापाको सभापतित्वमा प्रारम्भ भएको दोस्रो सत्रमा संघले स्थापना गरेको अशक्त्त सहायता कोषको कार्यविधिमा व्यापक छलफल गर्दै रावावैक पूर्व कर्मचारी हितकोष नामकरण गर्ने लगायतको संशोधन सहित कार्यविधि प्रस्ताव सर्वसम्मत रूपमा पारित गर्दै यो कोषमा योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो । संघका कोषाध्यक्ष लक्ष्मी प्रसाद पराजुलीले पेश गर्नु भएको आर्थिक प्रतिवेदन , महासचिव शैलेन्द्र कुमार शाहले पेश गर्नु भएको सांगठनिक प्रतिवेदन पनि सर्वसम्मत रूपमा पारित गरिएको छ ।
संघका अध्यक्ष दिनेश विक्रम थापाले सवैलाई धन्यवाद दिदै सभाको समापन गर्नु भएको थियो । यो साधरण सभामा झन्डै २०० जनाको सहभागिता रहेको थियो ।