विश्वविद्यालयबाट उत्पादित जनशक्ति राष्ट्र र जनताप्रति कर्तव्य पूरा गर्ने हुनसक्नुर्छ : प्रधानमन्त्री

विश्वविद्यालयबाट उत्पादित जनशक्ति राष्ट्र र जनताप्रति कर्तव्य पूरा गर्ने हुनसक्नुर्छ : प्रधानमन्त्री

काठमाडौं, २६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयबाट उत्पादित जनशक्ति राष्ट्र र जनताप्रति उत्तरदायी र कर्तव्य पूरा गर्नसक्ने हुनुपर्ने बताएका छन् ।

कञ्चनपुरको महेन्द्रनगरमा आइतबार आयोजित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयबाट उत्पादित जनशक्ति चरित्रवान् र अनुशासित हुनुका साथै राष्ट्र र जनताप्रति उत्तरदायी र कर्तब्य पूरा गर्नसक्ने हुनुपर्ने बताएका हुन् ।

लोकतान्त्रिक मान्यताका पक्षमा दह्रो ढंगले उभिने, नवीनतम खोज, अनुसन्धान र विकासको गतिलाई पक्रिँदै नेपाललाई सुहाउँदो विकासको मार्गचित्र, अर्थतन्त्रको ढाँचाको खोजी, समाज रूपान्तरणको कार्यदिशा निर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्नसक्नुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।