प्रतिनिधिसभा बैठक बस्दै: कार्यव्यवस्था समितिमा सदस्यहरु मनोनयन हुने

प्रतिनिधिसभा बैठक बस्दै: कार्यव्यवस्था समितिमा सदस्यहरु मनोनयन हुने

काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक अपरान्ह १ बजे बस्नेछ । बैठकमा कार्य व्यवस्था समितिका सदस्यहरुलाई सभामुखले मनोनयन गर्ने कार्यतालिका रहेको छ ।

संसद सचिवालयले सार्वजनिक गरेको कार्यसुचीअनुसार आजको बैठकमा सार्वजनिक सेवा प्रसारण बिद्येयक २०७८ र सुरक्षण मुद्रण सम्बन्धी बिद्येयक २०७८ का सबन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देससहितको बिद्येयक टेबुल हुनेछ । यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोक सेवा आयोगको ६३ औं बार्षिक प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको संघीय संसदको महासचिव भरतराज गौतमले जानकारी दिए ।