ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना, पाँच जनाको घटनास्थलमै मृत्यु

ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना, पाँच जनाको घटनास्थलमै मृत्यु

काठमाडौं । ओखलढुंगाबाट काठमाडौं आउदै गरेको बा २ ख ६५९६ नम्बरको बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । सिन्धुलीको फिक्कल गाउँपालिका–४ को कुहिभीरमा आज यात्रुवाहक बस दुर्घटनामा परेकाे हाे ।

मृत्यु हुनेमा दुई पुरुष, दुई महिला र एक बालक रहेका छन् । घटनामा करिब २० जना घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रहरीले जनाएको छ । बसमा करिब ३० जना यात्रु रहेको जनाइएको छ । बसको ‘ब्रेक’ फेल भएर दुर्घटना भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरन्जिवी दाहालकाअनुसार दुई महिला दुई पुरुष र एक बालकको मृत्यु भएको पुष्टि भएको छ । दुर्घटनामा १९जना घाइते भएका र उनीहरुको खुर्कोटस्थित अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिएका छन् । थप विवरण आउन बाँकी ।