राष्ट्रिय वाणिज्य बैंकको एकै पटक पाँचवटा शाखा कार्यालयको उद्घाटन सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको एकै पटक पाँचवटा शाखा कार्यालयको उद्घाटन सम्पन्न

काठमाडौं।राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको एकै पटक पाँछ वटा शाखा कार्यालयको उद्घाटन गरिएको छ । १ नम्बर प्रदेश स्थित शाखा कार्यालय ताप्लेजुङ्ग, शाखा कार्यालय तेह्रथुम, शाखा कार्यालय धुलावारी, मधेस प्रदेश स्थित शाखा कार्यालय मलगंवा र बागमती प्रदेश स्थित शाखा कार्यलय रसुवा को शनिवार उद्घाटन गरिएको छ । यसपछी बैंकको देशभर २६४ वटा शाखा कार्यालय सञ्चालनमा आएको छ ।

शाखा कार्यालय ताप्लेजुङ्ग को बैंक सञ्चालक दिलिप कुमार ढुङ्गाना, शाखा कार्यालय तेह्रथुम को म्याग्लुङ्ग नगरका प्रमुख संजयकुमार तुम्बाहाम्फे, शाखा कार्यालय धुलावारी को झापा १ ख का प्रदेश सांसद माननीय गोपाल तामाङ्ग, शाखा कार्यालय मलगंवा को सर्लाही २ ख का प्रदेश सांसद माननीय कौशल किशोर दास र शाखा कार्यलय रसुवा को रसुवा ख का प्रदेश सांसद इन्द्रप्रसाद गोतामेले शनिवार अगल अलग कार्यक्रमका बीच उद्घाटन गर्नुभएको छ ।बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंंकले देशको दूरदराज तथा शहरी क्षेत्रमा शाखा सञ्चालन गरी प्राथमिकताका साथ आम नागरिकमा बैंकिङ्ग सेवा प्रवाह गरिरहेको बताउनुभयो ।

शाखा कार्यालयको उद्घाटनमा बैंकतर्फबाट बैंक सञ्चालक प्रा.डा.राजनबहादुर पौडेल र प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ शाखा कार्यलय धुवलावारीमा, बैंक सञ्चालक लक्ष्मण घिमिरे र नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल शाखा कार्यलय रसुवामा, नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारी शाखा कार्यालय मलगंवामा, उपकार्यकारी अधिकृत पवन रेग्मी शाखा कार्यालय ताप्लेजुङ्गमा र उपकार्यकारी अधिकृत विनयरमण पौडेल शाखा कार्यालय तेह्रथुममा सहभागी हुनु भएको थियो । शाखा कार्यालयहरुको उद्घाटन समारोहमा जनप्रतिनीधि, राजनितिक दलका प्रतिनिधि, सेना, प्रहरी, उद्योगी, व्यवसायी, कर्मचारीहरु लगायतको भव्य उपस्थिति रहेको थियो । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६४ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।