आगामी फागुनभित्र राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन

आगामी फागुनभित्र राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुनभित्र राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन सम्पन्न हुने जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यस बारेमा जानकारी दिए । निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी ऐन बनाउन मस्यौदा तयार गरिएको उनको भनाइ छ । अबको संसद बैठकमा ऐन बनाउने काम हुने थपलियाले उल्लेख गरे । उनले यस वर्ष भएको ३ तहको निर्वाचनमा महिला सहभागिता अन्तर्गत स्थानीय तहमा ४१ प्रतिशत, प्रदेश तहमा ३६ प्रतिशत र प्रतिनिधि सभामा ३३ प्रतिशत महिला जनप्रतिनिधि निर्वाचित भए पनि सो संख्या पर्याप्त नभएको धारणा राखे ।