

-मुकुन्द अर्याल
काठमाडौ।काठमाडौको कोेटेश्वर सहयोगीनगरमा स्थापित श्री राधाकृष्ण मन्दिरको प्रमुख अतिथि रिडि पीठाधीश स्वामी जगदिश प्रपन्नले विशेषः आध्यात्मिक समारोहका बीच समुद्घाटन गर्नुभयो ।

सो अवसरमा प्रमुख अतिथि स्वामी जगदीश प्रपन्नले मानव जीवनको एक मात्र सार भगवत प्राप्ति भएको बताउंदै शास्वत शान्ति र आनन्द भगवतसेवाबाट प्राप्त गर्न सकिने बताउनु भयो । सो अवसरमा कामनपा ३२ का वडासदस्य हिरादेवी पोख्रेल,स्थानीय समाजसेवीहरु सुरेश प्रकाश आचार्य ,हरि गौतम ,ध्रुव खड्का ,इन्दु सापकोटा लगायतका महानुभावले सनातन धर्म संस्कृति ,समाजसेवा तथा श्री राधाकृष्ण भक्तिका विविध आयामबारे मन्तव्य दिनुभएको थियो । सो अवसरमा श्री राधाकृष्णको मन्दिर तथा प्रतिमा निर्माण ,चतुर्मास लगायतका कार्यहरुमा विशेषः योगदान पु¥याउने तीन दर्जन बढी महानुभावहरुलाई सम्मान गरिएको थियो । सहयोगीनगरभित्रका ८ वटा विभिन्न टोल समिति उपसमितिहरु र सहयोगीनगर सामुदायिक समाजको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा मातृका पूजा , नान्यमुखी ( आभ्युदयिक ) श्राध्द , तिलार्चन् ,यज्ञ ,हवन , दान दक्षिणा र प्रसाद वितरण लगायतका अनुष्ठान सम्पन्न गरिएको थियो ।
सहयोगीनगर सामुदायिक समाजका अध्यक्ष कृष्ण प्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सहयोगीनगर समाजका उपाध्यक्ष चन्द्रकला पराजुलीले स्वागत मन्तव्य दिनुभएको थियो भने संगीत साधक गणेश योगीले भक्ति संगीत र मुकुन्द अर्यालले भक्ति कविता प्रस्तुत गर्नुभएको थियो । समाजका सल्लाहकार समितिका संयोजक प्रा. कुल प्रसाद पराजुलीले समग्र कार्यक्रमको समन्वय गर्नुका साथै धन्यवाद मन्तव्य दिनुभएको थियो । कोभिड तथा डेंगुजस्ता महामारी र महानिर्वाचन २०७९ पछि यस क्षेत्रमा आयोजित पहिलो वृहत आध्यात्मिक समारोहमा स्थानीय समाजसेवी ,साधक तथा जनसाधारणको उत्शाहजनक तथा भव्य उपस्थिति थियो ।