

काठमाडौं । आगामी ४ मंसिरका लागि तय गरेको निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसले आज निर्वाचन संकल्पपत्र सार्वजनिक गर्ने भएको छ । निर्वाचन घोषणापत्र बिना नै मत माग्न सुरु गरेको कांग्रेसको संकल्पपत्र प्रधानमन्त्रीसमेत रहेको पार्टी सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्नेछन् ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माकाअनुसार स्थानिय तह निर्वाचन प्रयोजनका लागि जारी गरेको संकल्पपत्रमा केही थपघट गरी संकल्प प्रस्ताव तयार पारिएको छ । ‘निरन्तरतमा नविनता’ नाराका साथ संविधान कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीयताको सवलीकरणलाई प्राथमिकतामा राखिएको महामन्त्री शर्माले जानरकारी दिए ।
तीन खण्डमा तयार पारिएको उक्त संकल्पपत्र तिहार अघि नै सार्वजनिक गर्ने भनिए पनि प्राविधिक कारण देखाउँदै आज सार्वजनिक गर्न लागिएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।