भक्ति मन्दिरको १४ औं वार्षिकोत्सव मनाईयो

भक्ति मन्दिरको १४ औं वार्षिकोत्सव मनाईयो

-मुकुन्द अर्याल

काठमाडौं।श्री राधा माधव समिति नेपाल श्यामा श्याम धाम ठिमी भक्तपुर परिसरमा निर्मित भक्ति मन्दिरको १४ औ वार्षिकोत्सव मनाइयो । भोग ,संकीर्तन , श्री महाराजजीको रेकर्डेड प्रवचन , भक्ति मन्दिर सम्वन्धी डकुमेन्ट्री प्रदर्शन ,आरती लगायतका कार्यक्रमहरु आयोजना गरि मनाईएको उक्त कार्यक्रममा धामवासीका साथै विभिन्न जिल्लाका साधकहरुको सहभागिता थियो ।

स्मरण रहोस् , वृध्द अशक्त नेपाली साधकहरुले भक्ति साधना निम्ति टाढा टाढा धेरै कष्ट उठाउन परेको देखि यस युगका पन्चम जगद्गुरु श्री कृपालुजी महाराजले एकमात्र नेपाली प्रचारक स्वामी श्री हरिदासजी लगायत नेपाली साधकहरुलाई नेपालमै भक्ति मन्दिर स्थापनाको असीम प्रेरणा र यस भूमिमा पदरज (चरणधुली ) प्रदान गर्नुका साथै आजभन्दा १३ वर्ष अघि २०६६ असोज १० गते समुद्घाटन गर्नुभएको थियो । त्यसयता ठिमीको हनुमन्ते पुल भनेर चिनिने यस स्थान महत्वपूर्ण आध्यात्मिक केन्द्रको रुपमा विकसित हुंदै हाल राधे राधेको पावन नामले पुकारिन थालेको छ ।

 

स्थानीय जनसाधारण र सम्वध्द निकायले यथोचित ध्यान पु¥याए पन्चम जगद्गुरु श्री कृपालु महाप्रभुको कृपादृष्टि परेको यस स्थानलाई नेपालका पशुपतिनाथ ,मुक्तिनाथ ,लुम्विनी , भारतका वृन्दावन, वदरीनाथ ,जगन्नाथपुरीजस्तै महत्वपूर्ण आध्यात्मिक पर्यटकीय केन्द्रको रुपमा विकास गर्न सकिने पर्याप्त संभावना रहेको पर्यवेक्षकको ठम्याई छ ।