हिमपहिरोमा पुरिएका ९ जनाको उद्धार, बाँकीको खोजी जारी

हिमपहिरोमा पुरिएका ९ जनाको उद्धार, बाँकीको खोजी जारी

गोरखा, ११ असोज।चुमनुब्री गाउँपालिका–१ सामागाउँस्थित मनास्लु बेस क्याम्पमा सोमबार हिम पहिरो जाँदा पुरिएका ९ जनाको उद्धार गरिएको छ ।

कैलाश एयर, सिम्रिक एयर र एभरेष्ट एयरको हेलिकप्टरद्वारा उनीहरुको उद्धार गरिएको प्रहरीले जनाएको छ ।पुरिएकामध्ये दोलखा गौरीशंकर गाउँपालिका–५ बस्ने ४४ वर्षीय जित बहादुर शेर्पा र संखुवासभा मकालु गाउँपालिका–१ बस्ने २७ वर्षीय सुकु बहादुर तामाङलाई सोमबार साँझ उद्धार गरी उपचारको लागि करुणा अस्पताल काठमाडौंमा ल्याइएको हो ।

सोलुखुम्बु घर भएका ३५ वर्षीय किनु पेम्वा सहित थप ७ जनालाई मंगलबार उद्धार गरी सामागाउँ ल्याइएकोमा ४ जनालाई उपचारको लागि करूणा अस्पताल कपन पठाइएको छ । पहिरोमा पुरिएका अन्य व्यक्तिहरूको खोजी भईरहेको छ ।

प्रहरी चौकी सामागाउँबाट खटिएको प्रहरीले उद्धार कार्य एवं आवश्यक पहल गरिरहेको छ ।