

काठमाडौं, ९ असोज । नेपाली कांग्रेसले सातै प्रदेशका लागि छुट्टाछुट्टै निर्वाचन घोषणापत्र बनाउने तयारी भएको छ ।
कांग्रेसले सात प्रदेशको घोषणापत्र बनाउनका लागि छ महामन्त्री र एक केन्द्रीय सदस्यलाई समन्वय गर्न जिम्मेवार तोकिएको छ । मूल घोषणापत्रमा सार समेटेर प्रदेशका लागि भिन्नाभिन्नै घोषणापत्र बनाउन लागिएको केन्द्रीय घोषणापत्र तयारी समितिका संयोजक विश्वप्रकाश शर्माले बताए ।