काठमाडाैँ, १९ कार्तिक । कैलाली क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसकाे उम्मेद्वार बिरूद्ध बागी उम्मेदवारी दिएका नेविसंघ नेता क्षितिज भण्डारीले उम्मेदवारी फिर्ता लिएका छन् ।
उक्त क्षेत्रमा नेपाली कांग्रेसकी नेतृ डा.अारजु राणा देउवाबिरुद्ध भण्डारीले बागी उम्मेदवारी दिएका थिए । उनले अाज उम्मेद्वारी फिर्ता लिएर नेतृ देउवाकाे समर्थनमा प्रचार प्रसारमा लागेसंगै नेतृ देउवालाइ सहज भएकाे छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले टेलिफोन गरी उम्मेदवारी फिर्ता लिन आग्रह गरेपछि आफूले उम्मेद्वारी फिर्ता लिएकाे भणडारीले बताए । उनले भने, ‘प्रधानमन्त्रीले नै अन्य ठाउँहरुमा अवसर दिन्छु, अहिलेलाई सहयोग गर्नुस् भनेपछि फिर्ता लिएँ ।’
उनीसँगै कैलाली ५ मा आरजुबिरुद्ध उम्मेदवारी दिएका राप्रपाका दीपक मल्ल र नयाँ शक्तिका निर्प बोहोराले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।