ली चान्सु आज पनि उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त

ली चान्सु आज पनि उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त

काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु आज पनि उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त हुनेछन् । उनले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यतालिका छ । यसअघि हिजो उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । हिजो दिनभर उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त रहेका लीले राजनीतिक दलका शीर्ष नेताहरुलाई भेटेका थिए ।

हिजो उनले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । अस्ति काठमाडौं आइपुगेका उनले सोही दिन सभामुख अग्निप्रसाद सापकोटासँग द्विपक्षीय वार्ता गरेका थिए । सभामुख सापकोटाको निमन्त्रणामा नेपाल आएका अध्यक्ष ली भ्रमण सम्पन्न गरी भोलि बिहान विशेष विमानबाट स्वदेश फर्कने कार्यक्रम छ ।