

काठमाडौं । श्री राधा माधव समिति नेपालद्वारा परम आराध्य राधा रानीको जन्मोत्सवका उपलक्षमा राधे राधे ठिमी भक्तपुर स्थित भक्ति मन्दिरमा त्रिदिवशीय विशेष साधना कार्यक्रम आयोजना गरियो । जगद्गुरु श्री कृपालुजी महाराज र अम्माजीको चरण स्मरण पूजन, राधा रानीको लीलामा आधारित सांस्कृतिक कार्यक्रम, भगवानको रुपध्यान लगायतका कार्यक्रम समाविश्ट उक्त कार्यक्रममा देशभरका सयौ साधकहरुको उपस्थिति थियो । नेपालका सुप्रसिध्द आख्यानकार नयन राज पाण्डेको विशेषःआतिथ्य रहेको उक्त कार्यक्रममा राधा माधव समिति नेपाल र डिभाईन युथ क्लव नेपालका पदाधिकारीको उल्लेख्य उपस्थिति थियो ।
स्मरण रहोस् , राध् धातुबाट बनेको हो राधा । राध्को अर्थ हुन्छ उपासना । राधोपनिषदका अनुसार भगवान श्रीकृष्णले आराधना गर्ने तत्वको नाम हो राधा । यिनै राधारानीको चरणधुलि शिरमा लाएर भगवान श्री कृष्ण कृत्यकृत्य हुन्छन् यिनैको काखमा शिर अड्याउंदा सबै लीला र गोलोक धाम समेत भुल्छन् । राधाजी र श्रीकृष्ण परस्पर अभिन्न ,राधाजी आत्मा हुनुहन्छ भने कृष्ण शरीर ।